कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ बैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् ।

बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल आफू निकट नेताहरुसहित बूढानीलकण्ठ पुगेका हुन् ।

अहिले सभापति देउवा र नेता नेपालबीच प्रधानमन्त्रीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुबीचको भेटवार्ता तीव्र बनेको छ ।

दुखद खबर : बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको आज निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको पुष्टि गरेका छन्।

नेपाली सांगितिक क्षेत्रमा २०२० सालपछि हालसम्म विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधान अाउँदाे असारमा ८३ औं जन्मोत्सव मनाउने तयारीमा थिए ।

अत्यन्त शादगी जीवन बिताईरहेका गायक प्रधान ८० वर्ष पार गर्दा पनि गायन यात्रा कायम राख्न सफल व्यक्ति हुन । अत्यन्त नम्र स्वभावका उनि विस्तारै बोल्ने तथा कसैको मन नदुखाउने स्वभावको भएको उनका सहकर्मीहरुले बताएका छन।

नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरि गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा हाँसने रहरहरु आँसुमा डुबे लगायतका गीत गाएका थिए। उनको तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन जस्ता अनगिन्ती गीत लोकप्रिय छन।