मलाई ओली र अदालतले एक्लै पारे साथ दिएनन म के गरम ? माधव नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ बैशाख ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले अदालत र नेता केपी शर्मा ओलीले आफूलाई समस्यामा पारेको बताएका छन् । उनले कान्तिपुरका विनु सुवेदीसँगको एक अन्तरवार्तामा यस्तो बताएका हुन् ।

अदालतको फैसलापछि साविकको एमालेमै पनि तपाईंको नेतृत्वमा रहेको समूहलाई सबैभन्दा ठूलो अप्ठ्यारो परेको हो? भन्ने कान्तिपुरको प्रश्नमा माधव नेपाल भन्छन्, ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो । किन यस्तो भयो होला? यो त विचित्रै भयो ।

उनी अगाडि थप्छन्, ‘किन यस्तो गरेको होला? टा र्गे ट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो विचित्रै भयो ।

उनी अगाडि थप्छन्, ‘किन यस्तो गरेको होला? टा र्गे ट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई?

कसरी आइपर्‍यो त्यो स्थिति?’ अदालतको फैसलाले माधवकुमार नेपाल, झलनाथ खनालजस्ता नेकपा एमालेका पूर्व नेताहरुलाई अचम्म र समस्यामा एकै पटक पारेको छ । एमालेमै फर्किन पनि उनीहरु नैतिक रुपमा सक्षम छैनन् ।

माओवादी केन्द्रमा बस्न उनीहरु कानूनी रुपमा नमिल्दो अवस्थामा छन् । यस्तो बेला आफ्नो भविश्य के होला भनेर नेताद्वय चिन्तित छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]