चर्चामा एलिजा गौतमको बोल्ड रूप-फोटो फिचर

हाम्रो सन्देश संवाददाता

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो ।

१८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनको माग निकै छ । पछिल्लो समय उनी भिडियो शुटिङमा निकै ब्यस्त छिन् ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमा त्यस्तै बोल्ड केही तस्विरहरु शेयर गरेकी छिन् ।

वान पिसमा सजिएकी एलिजा निकै सुन्दर देखिएकी छिन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

हेरौं उनका बोल्ड तस्विरहरु