चर्चामा साम्राज्ञीको पहिरन -तस्विरहरु

हाम्रो सन्देश संवाददाता

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् छिन् । चर्चामा हुनुको कारण हो शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उनले लगाएको पहिरन । छाति खुल्ला रहेको पहिरन लगाएर अवार्ड लिन पुगेकी साम्राज्ञीका तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन् ।

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।


चलचित्र ‘मारुनी’ मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्रेजी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् । फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

सुन्दरताका कारण सधै चर्चामा रहने साम्राज्ञीका यी तस्वीर हामीले उनकै इन्टाग्रामबाट लिएका हौं । नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।