अमेरिकामा २८ बर्षमै अस्ताइन् रोजी, ‘शव’ नेपाल पठाइयो !

हाम्रो सन्देश संवाददाता

क्यालिफोर्निया, २३ बैशाख ।

नेपालको कास्की घर भइ अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको निधन भएको छ । विद्यार्थी भिषामा अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृ’त्यु भएको थियो । जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पार्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य श’व सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य ह्यारी भण्डारीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनको श-व नेपाल पठाउन परिवारबाट अनुरोध भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पूरा गरी श-व स्वदेश पठाउन करीब दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए । नेपाल श-व पठाउन निकै लामो समय र जटिल प्रक्रिया पूरा गर्नुपर्दछ । रानाको अन्तिम इच्छापनि आफ्नो श’व नेपालमै पठाएर दा हसंस्कार गर्नु रहेकोले नेपाल पठाइएको जनाइएको छ ।

नेपालमा बिहिबार रातीदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने भएपनि त्यसको ठीक अगाडि श’व नेपाल पठाउन सम्भव भएको हो । रोजी रानाको एक अनौठो रोगको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद निधन भएको हो । भण्डारीले भन्नुभयो – ‘केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर कडा मेहनतका साथ आफने सुन्दर भविष्यको खाका कोर्न तल्लिन रहनु भएकी रोजीको निधनले हामी सवै मर्माहत भएका छौं । यस दुखद अवस्थामा उहाँको ईच्छा अनुसार उहाँको ‘पार्थिव शरीर’लाई नेपाल पठाउन गरिएको प्रयास सफल भएको छ ।’

रोजीको ‘पार्थिक’ शरीरलाई क्यालिफोर्नियावाट आन्तरिक श’व व्यवस्थापनको जिम्मेवारी सहित श’वगृहहरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो । रोजीको श’व’ बुझ्न आफै एयरपोर्टमा गएर श’व बुझेर फर्कदा मनमा एकखालको नरमाइलो भएको भण्डारीले बताउनुभयो ।
तस्बिर- ह्यारी भण्डारी