प्रेमीसँगको पहिलो रात – भाग ३

हाम्रो सन्देश संवाददाता

दिया चन्द ।

उसले लेखेको थियो – “प्रिय छोरी ‘अनु’ तिमीलाई जन्मदिनको लाखौंलाख शुभकामना ! अनि तिम्री मामु अर्थात् मेरी प्रियसीलाई यो प्रणय दिवसको शुभकामना” ।

तिम्रो चौथो जन्मदिन र हाम्रो तेस्रो प्रेम दिवस संयोगले आज एकैदिन परेछ ।…..” यो के हुदैछ जीवनमा ? सायद यहि कुरा देख्न बाकी थियो र उ फिर्ता आएको हो ? अब सबैकुरा सकियो ।

आज बारम्बार आफैले आफुलाई कोच्दै छु म । आखिर प्रेमले लेपन गरिएको स्वार्थलाई आँखा चिम्लेर अङ्गाल्न खोज्नु नै मेरो गल्ती थियो । हाम्रो सम्बन्ध बचपनमा खेलेको भाडाकुटि जस्तै भएछ । न कुनै सत्यता, न त कुनै विश्वासको स्तम्भ, बस् केहि बेरको क्षणिक आनन्द मात्र….।

एकातिरबाट बल्ल मिलाए भनेर एक रत्ति आत्मसन्तुष्टि लिन नपाउदै अर्कोतिरबाट भत्किदै जाने, साच्चै वालुवाको घर भन्दा कम रहेन्छ तिम्रो माया… । मनमा अर्काे शंकाले बास गर्याे । सायद उ म्यारिड मान्छे हो । उसको पुरै प्रोफाइल धेरै पकट नहेरेको पनि होइन तर त्यो तस्वीरसहितको स्टाटस आज मात्रै कसरि देखे मैले ? के यो भन्दा पहिले त्यो तस्वीर उसले लुकाएर राखेको थियो ? या मलाई मेरा आखाहरुले धोका दिए ? थप अनगिन्ती प्रश्नहरुले रन्थनिए म । कस्तो जिन्दगी घरको न घाटको भएछ ।

अरु जेसुकै होस् उ धोकेबाज हो, अब अर्को बाहाना उसले फ्याकेको प्रेमजालमा म पर्दिन । सजक भए म..

हुन् त बेइमान तिमी होइनौं, बेइमान त यो फेसबुक हो जसले तिमी जस्तो मान्छेलाई भेटायाे । यो फेसबुक नै सबैभन्दा ठुलाे समस्याकाे जड हाे । अन्त्य फेसबुककाे हुनुपर्छ, मैले मेराे फेसबुक एकाउन्टकाे घाँटी निमाेट्नै पर्छ । याे एकाउन्ट डिसेबल गर्नैपर्छ, यति सोच्दासोच्दै उसले अर्को म्यासेज पठायो । ‘बोल्न मन छैन ? मेराे अवस्थावारे जान्न मन छैन ? म यतिका बर्ष किन हराए केही थाहा पाँउन मन छैन ?’

अँह पटक्कै मन छैन तिमीजस्ता धोकेबाजसँग बोल्न, मनमनै जवाफ फर्काए । ‘बोल न काली, म मर्न लागे ।’ उसले अर्को नाटक देखाउन सुरु गर्यो। तिमी मर या बाँच मलाई केहि फरक पर्दैन, मनले सोच्यो, हातका औलाहरुले टाइप गरेर झ्याप्पै इन्टर थिचेपछि थाहा पाए म्यासेज रिप्लाई गरिएछ ।

‘यो त तिमीले भन्ने कुरा मात्रै हो तर म मान्दिन’ उसले तत्काल म्यासेज थप्याे -‘नम्बर देउ कल गर्छु ।’ बुढासँग छ फोन यति राति कुरा गर्न मिल्दैन, रिसको झोकमा फेरि रिप्लाई गरे । उसले नपत्याएझैँ गरी हासो पठायो । ‘हो र ? बुढाको फोटो पठाउन त ! अनि फेसबुक लिंक पनि देउ तिम्रो बुढाको, त्यतिले मात्र पुग्दैन बिहेको फोटाहरु पनि पठाउ । छोराछोरी भए उनका पनि देउ हेर्छु ।’

पहिले तिमी पठाउ न तिम्री बुढी र छोरीको फोटो, उसको फेसबुक पनि देउ हेर्छु । अनि दिउँला नी केको हतार ? यतिबेला म आवाज निकाल्न सक्ने अवस्थामा थिएन । उसलाई जति माया गर्थे त्योभन्दा कयौं गुणा रिस उठेको थियो । ‘यी मेरी बुढी’ भन्दै उसले मेरै प्रोफाइल तस्वीर मलाई नै पठायो ।

लाज लाग्दैन ? मैले सोधे

‘केको लाज ? साँचो कुरा बोल्न ?’ उसले कति सजिलै भन्यो, ‘केको लाज ? साँचो कुरा बोल्न ?’

छोरी कति बर्षकी भइ नी ? मैले निसंकोच सोधे ।

उ फेरी हाँस्यो । ‘तिमीलाई थाहा होला नी ।’ उ बकवासमाथि बकवास गर्दै गइरह्यो । मलाई के थाहा हुन्छ र तिमीजस्ता धोकेबाजको बारे कहाँ-कहाँ पुगेर कोकोसँग कतीवटा पो जन्मायौ ? सोध्न मन नलागेको कहाँ होर तर उसले अस्ति नै छोरी भनेर स्टाटस लेखेको तस्वीरसहित स्क्रिनसर्ट पठाईदिए उसैलाई र चुपचाप रोहिरहे म।

‘उ त दाइभाउजुको छोरी पो त ! दाजुभाउजु कार दुर्घटनामा बितेपछि मैले उसलाई आफ्नो छोरी बनाएर पालेको, अहिले होस्टेलमा छ ।’ तिमी त कलाकार हुनुपर्थ्यो नाटक गर्न कति जानेको ?

उसको जवाफ .. ओ माइ गड ! प्रेम प्रदर्शन गरेर देखाउन मिल्ने कुनै चलचित्रको कथा हो र ? उ छोरी हो, हाम्रो छोरी । अब तिमी र मैले पाल्नु पर्छ । साहारा दिनुपर्छ लाटी…’ उसले मलाई कन्मिन्स गर्न खोज्यो या वा वास्तविकता भन्यो ? मैले पत्याउने आधार के ? उ अनायसै ३ बर्षसम्म सम्पर्कविहीन बनेर कसरी बस्न सक्छ ?

उ भौतिकरुपमा पो टाढा थियो तर सधै मेरो निकटतम थियो । मात्र उसको एउटा काल्पनिक स्पर्शले म सदाका लागि उसकै भएर बाचे र बाचिरहेकी छु । तिमी र म मा फरक यहि त छ, तिमिले मायाको खेती गर्यौ अनि मैले सपनाको । जसरी बिहानीसँगै उडेर जाने सपनाको अर्थ हुदैन जीवनमा तिमी पनि त्यस्तै हौ, एक रातका लागि मात्र आयौ, अर्को मिर्मिरे बिहानीसँगै हराएर गयौ । तिम्रा शब्द-शब्दमा धोकाको गन्ध आइरहेछ ।

उसले दावी गर्दै भन्यो -‘तिमीलाई म धोका दिन सक्छु र ? सकुला र ?

बाकि छ र अझै धोका दिन ? जो सक्दिन भन्छौ ? के तिमी यतिका समय बेखबर गुमनाम भएर बस्नु नै तिमी धोकेबाज हुनुको प्रमाण होइन र ?

‘जाबो फोन नम्बर देउ भन्दा नसक्ने ? वास्तविकता नबुझी नानाथरी भन्छौ ? तिमी बदलिएछौं सुन। । सायद तिमीले भनेको कुरा सत्य रहेछ । तिमीले त बिहे पो गरिसकिछौ तर म सक्दिन । तिमी खुसी छौ भने मेरो भन्नु केहि छैन । म जबर्जस्ती गर्दिन , म सक्दिन त्यस्तो गर्न तिमीलाई !’

मलाई सक्दैनौ ? के अरुलाई सकेका छौ र सुबोध ? प्रश्नमाथि प्रश्न उब्जिदै गए ।

‘एक चोटी तिम्रो दर्शन पाए स्वर्ग वास हुन्थ्यो झैँ लागेको थियो । तिमीले त फोनमा बोल्नसम्म पनि अनुमति दिन सकिनौ । अरु केहि मागेको होइन, तिम्रो नम्बर मागेको हो । सक्दिनौ नदेउ तर यसरी मुटु टुक्राटुक्रा पार्ने गरी बचन पनि नलाउ । ‘ अब गुनासो गर्ने पालो उसको सुरु भयो ।

बर्खामा महाकाली के उर्लिन्छ र ? त्यो भन्दा हजारौं गुणाबढी यो छातीभित्र उसको सम्झनाका ज्वारभाटाहरुले उथलपुथल पारिरहेका थिए । सायद मेरो मनको अन्तरकुनामा अझै पनि उसको लागि माया लुकेर पक्कै बसेको छ त्यसैले त उसँग म यतिधेरै गुनासो गर्दै छु । यो उप्रतिको मेरो इगो भनु या उसलाई सताउने बाहाना ? छुट्याउन सकिरहेको थिइन ।

‘त्यो सम्बन्ध जसमा विश्वासको कसी नै हुँदैन, त्यो सम्बन्धको मुल्य र सम्बन्ध जोड्न लगाइएको समयको मुल्य कदापी थाहा हुदैन । तिमी त त्यस्ती बुझकी मान्छे यस्ती कसरि भयौ ? मैले त सोचेको थिए की मेरो आगमनले तिमीलाई उत्साहित र उमंगित बनाउने छ । मेरो निकट आउन तिमी आतुर हौली । मलाई देख्नासाथ तिम्रो मुटुबाट प्रेमको बर्सात सुरु भएर फेसबुक म्यासेजको माध्यमबाट यो मुटुसम्म आइपुग्ने छन् …।’

सधैं वाक्य अधुरो छोड्ने उसको बानी २/४ वटा खाली थोप्ला पठाएर पुरा हुन्छ । उसले धोका दिएर गयो भनेर कुडिएको मन एकाएक उ फर्केर आउदा अब म के गरौ ? के मैले सुबोधलाई सहर्ष स्वीकार गर्नुपर्छ या नगरे पनि हुन्छ ? उ मेरो रिप्लाई कुरिरहेको छ । उसलाई धेरै कुराउन सक्दिन म । उ अतालिन्छ यदि मैले रिप्लाई गर्न ढिलो गरे भने । कस्तो स्वार्थि मन ? उसका लागि कहिले नराम्रो सोच्न सक्दैन । कति कमजोर मन उसका अगाडी सधैँ विवस भइदिन्छ ।

‘अहिले मसँग समय छ तर तिमीलाई बोल्ने फुर्सद छैन । याद राख डियर समय सधैँ एकनासको हुदैन…. ।’ मैले राम्रोसँग अनुभव गरेको छु समय कस्तो-कस्तोसम्म पनि हुदोरैछ भन्ने कुरा तिमी बारम्बार दुखेको घाउमा नघोच मलम लाउने बहानामा। अन्त्यमा उसलाई माेबाइल नम्बर पठाउन बाध्य भए म ।
‘लभ यु प्यारी, थ्यान्क्यु सो मच, जस्ट कलिङ यु ‘ उसका यी शब्दले पुनः बिगत सम्झायो.. त्यो दिन उसले भनेको थियो -‘ तिमी आयौ प्यारी, सर्वप्रथम मलाई तिम्रो अंगालो चाहियो आज तिमी मसँग नै छौ भन्ने कुराको आभाष गर्न चाहान्छु । यो ४८ घण्टा कति कठोरतापुर्वक बिताए मैले, यस्तो लाग्यो वर्षौंदेखी एक अर्काको भएर बाचेका हामी आज एक्कासी तिमी टाढा हुँदा म नितान्त एक्लो, पागलजस्तै बने !’

एकाएक ३ बर्ष पछाडि पुगेर उसका अतिनै प्यारा शब्दहरुसँग रमाउदै थिए, मोबाइलको घन्टीले झल्याँस्स पार्यो । नयाँ नम्बर थियो उठाए… तर फोनमा कोहि पनि बोलेन, थाहा भएन नेटवर्क खराब थियो या म बेहोसीमा थिए ?
‘सुनिएन र ?’ तत्काल सुबोधले म्यासेन्जरमा सोध्यो । तब थाहा पाए त्यो कल उसको रहेछ ।

अँह केहि पनि सुनिन मैले ।

‘मैले त सुने तिम्रो आवाज, मुटुलाई अलिकति राहत मिल्यो । यतिका समयपछि प्यारीको मिठो आवाज सुन्न पाए ।’बोल्नु चाहिँ पर्दैन ? ‘सकिन प्यारी ।’यत्रो समय हराउनु चाहिँ सक्ने फोनमा बोल्न नसक्ने ?’सरी ! म भेट्न आउछु ? कहिले ? ‘अहिले नै ? कहाँ छौ भन’भरतपुर छु । ‘प्लेनमा आउछु। साच्चै भन टिकट फिक्स गरौ ?तिमी कहाँ छौ ? ‘नक्साल छु ।’ अरु केहि नपाएर पुलिसको जागिर खाएछौ ?’हैन ! सबै कुरा भेटेर भन्छु नी ? कहाँ छौ भन’ म कलंकी छु अब कोठा जादै छु । ‘कोठा कता ?’बुद्धनगर ! ‘बानेश्वर चोकमा मलाई लिन आउछौ ?’किन कोठामै आउने सुरसार गरेको हो र ?’पाउदैन र ?’अहँ मैले पाइदैन..’मैले म कोठामै आउन चाहे भने ?’मैले हुदै हुदैन भने.. भने ?’म जबर्जस्ती आए भने ?’मैले चिच्याएर कराए भने ?
‘मैले झ्याप्प समातेर अंगालोमा बेरे भने ? ‘कराउनै नदिएर माया गरे भने ?”तिम्लाई छातीमा टाँसेर रोँए भने ?’कराउने ओठमै….खाइदिए भने ?
उ जिस्किदै गयो ….। क्रमसः …