सबै रेकर्ड तोड्दै २४ घण्टामा ८ हजार ६ सय ५९ मा संक्रमण पुष्टि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ बैशाख ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसले सबै रेकर्ड तोडेको छ ।

स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर २० हजार ७५६ जनाको पिसिआर र ६१६ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमश ८ हजार ६०५ र ५४ गरी कूल ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हिजो मङ्गलबार ७ हजार ६६० जनामा सङ्क्रमण देखिएको थियो भने ५५ जनाको ज्यान गएको थियो ।

योसहित नेपालका सक्रिय सङ्क्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६१ हजार ५८८ जना होम आइसोलेसनमा बसेका छन् ।
आज मृत्यूमा पनि नयाँ रेकर्ड कायम भएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]