माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ बैशाख ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा आज बुझाउने भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागेको जानकारी दिए ।

मंगलबार काठमाडौंमा उपलब्ध स्थाथी सतिति सदस्यहरुको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारे पत्र बुधबार दर्ता गर्ने निर्णय गरेको जानकारी दिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । सरकारले भने माओवादी केन्द्रले समर्थन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । वैशाख २७ मा विश्वासको मतका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

मेचीनगर–६ काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

क्यान्सर पीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् । कोरोना हो वा होइन भनेर यकिन गर्न बैशाख १९ गते मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी उनको आज बिहान ६ वजे मृत्यु भएको होे । उनका श्रीमानको एक वर्षअघि नै निधन भईसकेको छ । उनका २ जना छोराहरु छन् । एक जना छोरा पनि संक्रमित छन् । मेची अस्पतालमा तीनै जनाको पीसीआर परीक्षण गर्दा एउटा छोराको रिपोर्ट समेत कोरोना पोजेटिभ देखिएको थियो ।