काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हाम्रो सन्देश संवाददाता

झापा, २२ बैशाख ।

मेचीनगर–६ काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

क्यान्सर पीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् । कोरोना हो वा होइन भनेर यकिन गर्न बैशाख १९ गते मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी उनको आज बिहान ६ वजे मृत्यु भएको होे । उनका श्रीमानको एक वर्षअघि नै निधन भईसकेको छ । उनका २ जना छोराहरु छन् । एक जना छोरा पनि संक्रमित छन् । मेची अस्पतालमा तीनै जनाको पीसीआर परीक्षण गर्दा एउटा छोराको रिपोर्ट समेत कोरोना पोजेटिभ देखिएको थियो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]