रत्नपार्कमा ज्याेतिषी बनेर हात हेर्न बस्ने बाजेले युवतीलाई यसरी फसाएपछि

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसलचलिरहेका छन् । बाँझोपनको उपचार गर्नेनिहुँमा महिलालाई आफूसँग शा’रीरिक सम्बन्ध राख्नहौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ ।

ज्योतिषशास्त्रको सामान्यजानकारी पनि नभएकाहरू ‘ज्योतिषपण्डित’को साइनबोर्ड झु’न्ड्या’एर बसेका छन् ।लु’टेरा बाबा र माताका काला कर्तुत उतारेका छन्। अम्मर जिसीले सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ ।

दिउँसोको साढे ३ बजे केही महिलामात्र‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँमहिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाईप्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले‘ज्योतिष सेवा’ दिइरहेका थिए ।लामो चुल्ठो पालेका उनलेएउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकैस्टुलमा एक अधबैँसे महिला राखेका थिए ।महिलाको कपडाभित्र उनका दुवै हातसलबलाइरहेका थिए । ती महिलापछि एककिशोरीको पालो आयो ।उनको पनि कपडा छिचोलेर पेटतिरबाटज्योतिषका हात सलबलाउन थाले ।ती किशोरी काउकुतीले भुतुक्क भइन् ।

केकाउकुती मान्या, मोरी’ भन्दै टीकालेगाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँगठट्टा गर्दै उनले आफ्नो काम जारी राखे ।अर्की छोरी समाएरबसेकी ती किशोरीकी आमा छेउमै थिइन् ।किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसमखुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न ।ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु…।’त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए। र, शुल्क लिए, एक हजार रुपैयाँ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]