कतारमा जेल सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ बैशाख ।

जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासको भनाइ छ । कोरोना संक्रमणलाई समेत मध्ये नजर गर्दै कतारमा जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरोध गर्दै आएको जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]