बैतडीको पाटन नगरपालिका ६ मा मृत फेला परेका पुरुषको पहिचान खुल्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ बैशाख ।

बैतडीको पाटन नगरपालिका ६ मा बेवारीसे अवस्थामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । मृत फेला पर्नेमा धनगढी घर भएका ३० वर्षीय बिक्रम राना रहेका छन ।

उनकी श्रीमती खोडपेको एक होटेलमा काम गर्दै आएको खुलेको छ । १४ गते नै सम्पर्क बिहिन भएका उनको हिजो मात्रै प्रहरीमा हराएको बारे जानकारी गराएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक राजेन्द्र शाहीले जानकारी दिनुभयो ।

दशरथचन्द राजमार्गको खोडपे पाटन सडकखण्डमा पर्ने पाटन नगरपालिका ६ को मानिकाखानमा रानाको शव फेला परेको थियो ।
उनको शव पोस्टमाटमको लागि पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा राखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड बनाइ निर्देशन जारी गर्ने उनले बताए ।

भोलिदेखि नै थप कडाइ हुने र सङ्क्रमणको अवस्था हेरेर थप निर्णय लिने प्रजिअ भट्टराईले बताए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]