एलिना रायमाझीको कारुणिक अभिनय “मुटुकी टुकुरी” सार्वजनिक (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा रायमाझी परिवार हरीमाया रायमाझी, विशाल रायमाझी, सर्मिला रायमाझी र दिपेन थापाको आवाज पुर्व धरान २ “मुटुकी टुकुरी”सार्वजनिक भएको छ । बिगत लामो समय देखि नेपालि गित संगीतमा संघर्ष गर्दै आएका सर्जक लाईभ दोहोरि गायक बिशाल रायमाझीको गीतमा शब्द तथा संगीत रहेको छ भने संगीत एरेन्ज बिश्वास नेपालले गरेका छन् ।

राजकुमार मगरको निर्देशन रहेको भिडियोमा छायांकन प्रकाश खड्का गरेका हुन । गितको भिडियोमा अभिनय एलीना रायमाझी, अल्फाज शाह, योगज्योती कृयाशील, श्रीया थापा, सङ्मु तामाङ, हिमेस मगर,श्रीजना खनाल, सन्ध्या छेत्री, यसोदा लम्साल, मिलन भुसाल र विशाल छेत्री लगायतका कलाकारको अभिनय रहेको छ भने भिडियो सम्पादन राजकुमार मगरले गर्नुभएको हो ।

म्युजिक भिडियो बिशाल रायमाझीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।

हेर्नुहोस भिडियो :