अल्पमतमा रहेको व्यक्तिले सरकार बनाउनु असंवैधानिक : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा बहुमत प्राप्त उम्मेद्वारलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्।

आइतबार यसअघि मुख्यमन्त्री रहेका शंकर पोखरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

प्रदेश सभामुखले पुनः पोखरेलनै मुख्यमन्त्री भएको भन्दै नियुक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले ध्यानाकर्षण भएको जनाएका छन्।

८० मध्ये ४२ सांसदको समर्थन रहेका केसीलाई मुख्यमन्त्रीको सपथ खुवाउन प्रचण्डले प्रदेश सभामुखको ध्यानाकर्षण गरेका छन्।

अध्यक्ष दाहालले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अलपमतमा रहेको अवस्थामा शंकर पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भएको टिप्पणी गरेका छन।

लोकतान्त्रिक प्रक्रियाबाट प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्नुको साटो अल्पमतमा रहेका मुख्यमन्त्रीले पदबाट राजीनामा दिएर संसदको काम कारबाहीलाई अवरुद्ध पार्ने काम गरेको उनको भनाइ छ।

‘अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ ९१० अनुरुप सरकार गठनको दावी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक पनि छ,’ दाहालले विज्ञप्तिमा भनेका छन्।

उनले पोखरेलको मुख्यमन्त्रीमा पुनः नियुक्तिको निन्दा गरेका छन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]