पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो : आयल निगम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ।

स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भनेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ।

जसबाट निगमलाई हाल पाक्षिक करिब एक सय करोड नोक्सान रहेको जनाएको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]