प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने हुनु भएको छ ।

समाचार स्रोतका अनुसार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनु भएको थियो ।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने तयारी रहेको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ समेत जानु भएको थियो ।

नेपालमा एकै दिन थपिए ७ हजार १ सय ३७ संक्रमित

नेपालमा एकै दिन ७ हजार १ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा यो संख्यामा संक्रमित थपिएका हुन् । यही अवधिमा १६ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको निधन भएको पनि मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

हाल नेपालमा ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमितहरु रहेका छन् ।