कक्षा १०,११ र १२ का विद्यार्थीहरुलाई एका बिहानै परिक्षा बारे आयो अत्यन्तै जरुरी सूचना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत कक्षा ११ र १२ का विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको छ । हामी त्यसै पनी एकवर्ष पछाडि हिँडिरहेका छौं ।

अब परिक्षा स्थगित गर्न नसकिने उनले बताएका हुन् । विद्यार्थी हरुलाई उनीहरूको परिक्षा समयमा हूने र मेहनत साथ आफ्नो तयारीमा लाग्न उहाँले अनुरोध समेत गर्नु भयो ।

विद्यालयमा कार्यरत लेखापाल र शिक्षिकाको स्कुटर दु’ र्घ’ टनामा परी मृ’ त्यु

बुधबार साँझ विद्यालयमा कार्यरत लेखापाल र शिक्षिकाको स्कुटर दु’ र्घ’ टनामा मृ’ त्यु भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दु’ र्घ’ टना हुँदा सवार दुवै जनाको मृ’ त्यु भएको हो ।

कोरोना स’ङ्क्रमणका कारण विद्यालय ब’ न्द भएपछि दमौली फर्किने क्रममा दु:र्घ’टना भएको प्रहरीले जनाएको छ ।

मृ’ त्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानाएको छ ।

मृ’ त’कमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत हुनुहुन्थ्यो भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका हुनुहुुन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ ।

शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन

१ गतेदेखि १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा

न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि पनि उहाँको दाबी रहेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]