साह्रै दुखद खबर : कोरोनाले पोखरामा ८ जनाको मृ’त्यु

हाम्रो सन्देश संवाददाता

पोखरा, १९ बैशाख ।

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृ’त्यु भएको छ ।गण्डकी प्रदेशका ६ सहित पोखरामा ८ जनाको ज्यान गएको हो ।प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका कोरोना संक्रमितको मृ’त्यु पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृ’त्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिला, लुम्बिनी प्रदेशको दाङ राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय संक्रमितको पोखरामा उपचारकै क्रममा पछिल्लो ३ दिनयता मृ’त्यु भएको हो ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २३० पुगेको छ । लुम्बिनीका मृ’तकको संख्या गण्डकी प्रदेशकोमा सं’लग्न गरिएको छैन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ७८१ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८८२ जना नि’को भएका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]