साताको पहिलो दिन सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ ।

शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज १ सय रुपैँयाले बढेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा किन बचेभएको थियो ।

नेशनल लाइफ र लगानीकोषको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला

आजदेखि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लगानीकोषको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको ९७ हजार ५०६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ला गरेको हो ।

नेशनल लाइफको ४७ हजार ५०६ कित्ता शेयरमा प्रतिकित्ता मुल्य ४ सय ४३ रुपैयाँ तोकिएको छ भने लगानीकोषको ५० हजार कित्ता शेयरमा प्रतिकित्ता १३ सय ४७ रुपैयाँ तोकिएको छ । कम्पनीले तोकेको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर बैंखाश २४ गतेसम्म न्युनतम १ सय कित्तादेखि सबै कित्तासम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाइएको छ । शेयर विक्रि तथा प्रबन्धकमा कम्पनीले एनआईसी क्यापिटललाई नियुक्त गरेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]