श्रीमतीलाई गाडीभित्र परषुरुषसँग देखेपछि पेट्रोल बम प्रहार, सिसिटिभीमा भिडियो

हाम्रो सन्देश संवाददाता

एजेन्सी –

थाइल्याण्डमा एक पुरुषले गाडीमा पेट्रोल बम प्रहार गरेका छन्। निवात चाङकायो नाम गरेका पुरुषले आफ्नी श्रीमतीलाई गाडीभित्र अर्कै पुरुषसँग बसेको देखेपछि बम प्रहार गरी गाडी जलाएका हुन्।

समाचार एजेन्सीका अनुसार ती पुरुष गाडी जलाएपछि भाग्दै गरेको भिडियाे त्यहाँको सिसिटिभी फुटेजमा देख्न सकिन्छ। चाङकायोले आफ्नी पत्नीको पिकअप गाडी एक पेट्रोल स्टेशनमा देखेका थिए र त्यहाँ उनकी श्रीमती अर्कै पुरुषसँग थिइन्। त्यसपछि उनले घरेलु बम लिएर आए र त्यो बम गाडीमा प्रहार गरेका थिए। विष्फोटपछि ती महिला २६ वर्षकी पत्तारापोन्ड कोंगसिडी र अर्का पुरुष सामान्य घाइते भएका छन्।

ती महिलाले चाङकायो आफ्नो पूर्वपति भएको बताएकी छिन्। ती पुरुषको ड्रग्सको कारोबार गर्ने थाहा पाएपछि आफूले उनलाई छोडेको उनकोे भनाइ छ। गाडीमा भएका पुरुष उनको नयाँ प्रेमी हुन्। उनी नयाँ प्रेमीसँग फलफुल डेलीभरी गर्न जाने क्रममा उनीहरु त्यहाँ रोकेर आराम गर्दै थिए।

घटनापछि बम प्रहार गर्ने पुरुष पक्राउ परेका छन्। उनले आफ्नो अपराध स्वीकार गरेका छन्। आफ्नो पत्नीलाई अर्को पुरुषसँग देखेपछि निकै रिस उठेको बयान दिएका छन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]