निषेधाज्ञाको दोस्रो दिन : सडकमा चाप घटेन, चेकजाँचमा कडाइ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ वैशाख ।

दोस्रो चरणको कोरोनाको सङ्क्रमण दर उच्च भएपछि सरकारले चेन ब्रेक गर्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको आज दोस्रो दिन पनि सडकमा निजी सवारीसाधनको चाप घटेको छैन ।

यस क्रममा राजधानीको प्रमुख सडकहरूमा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । अत्यावश्यक काममा हिडेकाहरुको कागजपत्र र अन्यको परिचय पत्र हेर्दै छाडेपनी बिना काम हिड्नेहरुको २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारीसाधनहरू प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको छ ।

गृह मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा लकडाउनलाई थप कडाइ गर्ने जनाएको छ।

लकडाउन फितलो देखिएको भन्दै गुनासो आइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको पहिलो दिन यसको प्रोटोकलबारे धेरैलाई जानकारी नभएकाले दोस्रो दिन अर्थात् आजबाट कडाइ हुने बताए। ‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको थियो’ उनले भने, ‘आज देखि काठमाडौँको निषेधाज्ञालाई थप कडाइ गर्नेछौँ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]