आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ वैशाख ।

आज सुनचाँदीको भाउ घटेको छ ।

हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

गएको आइतबार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो ।

सबैलाई ५० कित्ता पर्ने आइपियो निस्कासन हुने मिति तोकियो

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भगरिरहेको छ ।सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा प्राप्त हुने रकम ऋण तिर्न र व्यवसाय विस्तारमा खर्चने योजना बनाएको छ । सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो ।

तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परे पनि गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् ।
पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।

कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ । २०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।