बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ वैशाख ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ। भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो।

उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन्। साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो। भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए। त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

निषेधाज्ञा उल्लंघन गरे यस्ताे छ सजाय

-निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने छ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

-संक्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

-यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]