रुपन्देही : ‘थप तीन कोरोना संक्रमितको मृत्यु ‘

हाम्रो सन्देश संवाददाता

बुटवल,१६ वैशाख ।

रुपन्देहीका थप तीन कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि सोही दिन अस्पताल भर्ना भएका थिए ।

यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका अ

बुधबार मात्रै रुपन्देहीमा ३८० नयाँ संक्रमित थपिएका थिए । ५५६ को पीसीआर परीक्षण गर्दा ३८० मा कोरोना पोजेटिभ देखिएको हो ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसियूमा हाल १२ संक्रमित उपचाररत रहेका डा. गौतमले जानकारी दिए । रुपन्देहीमा हालसम्म ११ हजार ६११ संक्रमित भएकोमा ९ हजार २१८ निको भइसकेका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]