सेवाग्राहीले बैंकमा राखेको पैसा कर्मचारीले नै निकालेर खाइदिएपछि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ वैशाख ।

सुरक्षाका लागि हामीले बैंकमा पैसा राख्छौं । तर बैंकका कर्मचारीले नै ग्राकहको खाताको पैसा खाइदिएपछि के होला ? हामीले पैसा सुरक्षित गर्न कहाँ लगेर राख्ने ? दैलेखको दुल्लु नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीले सोही बैंकका खातावालाको पैसा निकालेर खाइदिएको खुलेको छ ।

बैंकको दुल्लु शाखामा कार्यरत् जयबहादुर थापाले ग्राहकको पैसा खाइदिएका हुन् । उनले बैंकमा रहेको भवानीप्रसाद आचार्यको खाताबाट ८ लाख रुपैयाँ झिकेको अनुसन्धानवाट खुलेको छ । आफ्नो खाताको पैसा हराएपछि खातावालाले प्रहरीमा उजुरी दिन पुगेका थिए । तर उनले प्रहरीमा लिखित उजुरी भने दिएनन् । तर आन्तरिक रुपमा गरिएको अनुसन्धानले बैंकका कर्मचारीले नै बदमासी गरेको खुलेको हो ।

कर्मचारी थापा दुल्लु नगरपालिका(५ का बासिन्दा हुन् भने खातावाला आचार्य पनि दुल्लु नगरपालिका(८ का हुन्। राष्ट्रिय वाणिज्य बैंक दुल्लु शाखाका प्रबन्धक कृष्णप्रसाद उपाध्यायका अनुसार कर्मचारी थापामाथि कारबाहीको लागि प्रक्रिया सुरू भइसकेको छ। खातावाला र बैंकका कर्मचारी दुवै चिनेजानेको ब्यक्ति भएको खुलेको छ ।

पहिला मौखिक रुपमा पैसा निकाल्ने अनुमति ग्राहकले दिएको हुनसक्ने अनुमान बैंक प्रशासनले गरेको छ । पैसा निकालिसकेपछि उनीहरुबीच कुरा नमिलेर उजुरीमा गएको बताइएको छ । सहमतिमा खातावाट निकालेको पैसा भनेको समयमा खातामा जम्मा नभएपछि यो कुरा बाहिर आएको हुन सक्ने बैंक प्रशासनको भनाई छ ।

गोरखपुर काण्ड : दिपक र सरुले रुदैं गरे छुट्टिने निर्णय, तर सरुले भनिन् म छाड्न सक्दिन (भिडियो सहित)

आज भोलि सबै युवा अझ बिवाहित श्रीमान श्रीमतीको प्रीय पात्र रअहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाले दोश्रो सफलता पाएका छन। उनले दिपक तिवारि र उनले भगाएको महिला सहित गोरखापुरको कुनै हाेटलबाट फेला पारेका छन।दुबै जना एक साथ फेला परेक हुन।

दिपक र हालको भगाएका महिला दुबै बिवाहित हुन। दिपक भारत बाट नेपाल आउने भनेर आफ्नो घर सम्म खबर गरेता पनि सोही दिन बाट सोही महिला लिएर भागेको थिए। श्रीमतीले श्रीमान अाउने आसमा सबै खान तयार गरे पनि श्रीमान ५ दिन सम्म नफर्कीए पछी परिवार छक्क पर्‍यो। पछी श्रीमानले अन्य सग घर सुरु गरेको थाहा पाय। गोरखपुर हुदा उक्त महिलाले भने धेरै अन्य नसालु पदार्थ सेवन गरेको बुज्न गएकाे छ ।

जब उनिहरु फेला परे तब भने दुबै जना खुबै रोए।सन्तोष देउजाले धेरै चलाखी र चाणक्य नीति लगाएर फेलापार्न सफल पनि भए र अब दुबै लाई नेपालमा आफ्नो परिवारकाे जिम्मा लगाउने उनको भनाई छ । उनले भने यो मेरो लागि राम्रो सफलता हो भने अन्यको लागि उदाहरण ।