आज मात्रै मलेसियामा ३ हजार १४२ थपिए नयाँ बिरामि संख्या नाघ्यो ४ लाख

हाम्रो सन्देश संवाददाता

मलेसिया, १५ वैशाख ।

मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार १४२ जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌ गएको तथ्यांकले देखाउछ ।

त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण १५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ४७७ जना रहेका छन् । यो मृत्यु सङ्ख्या पनि उच्च हो । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार १४२ जना रहेकाे छ । मलेसियामा हालसम्म ४ लाख १ हजार ५९३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज १ हजार ८२२ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख ७३ हजार ३९३ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २६ हजार ७१९ जनामा सक्रिय संक्रमण रहेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]