निषेधाज्ञामा यी सवारीहरुमा पास आवश्यक पर्दैन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ वैशाख ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी आदेशमा मंगलबार केही संशोधन गरेको छ । संशोधनअनुसारको नयाँ व्यवस्थामा वैशाख १६ गतेबाट जारी निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने उल्लेख छ ।

नयाँ बुँदामा विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलहीसहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ ।

अस्पतालदेखि मसानघाटसम्म लाइनः परीक्षण, उपचार हुँदै मृत्युसम्म उस्तै

देश यी दिनहरुमा लाइनमा उभिएको छ । कोरोनाको दोस्रो लहरले यस्तो हालत बनाइदिएको हो । रुघाखोकी, ज्वरो र चिसो भयो भने परीक्षणको लाइन । यदि रिपोर्ट पोजेटिभ आयो भने अस्पतालबाहिर उपचारको लागि लाइन । यदि भाग्यले बेड मिल्यो भने अक्सिजनका लागि लाइन । स्वास्थ्य बिग्रियो भने रेमडेसिविरका लागि लाइन, अझ धेरै अवस्था बिग्रियो भने भेन्टिलेटरका लागि लाइन् । अन्ततः ज्यान गयो भने अन्तिम संस्कारको लागि मसानघातमा पनि लाइन ।

कुनै एक राज्य, शहर वा अस्पताल मात्र होइन, मानिसहरुले यसप्रकारको कठिनाई व्यहोरिरहेको । मध्यप्रदेश, राजस्थान, गुजरात, बिहार, महाराष्ट्र, दिल्ली होस् वा अरु कुनै साना ठूला राज्यहरु । हरेक ठाउँमा जिउँदा वा मृत मानिसहरुको एउटै ठाउँ छ- त्यो हो लाइनदेखि लाइनसम्म ।

यो फोटो लखनऊको लोहिया अस्पतालको हो । यहाँ मानिस आफ्नो परीक्षण गराउन आएका छन् । यहाँ कोरोनाबाट जुधिरहेका मानिसहरु सुरुवाती क्रममा छन् । यहाँ असफल हुँदा समस्याको लामो लाइन सुरु हुन्छ । भारतमा अहिलेसम्म करबि १४ करोड परीक्षण भइसकेको छ । यो संख्या महाराष्ट्रको पूरै जनसंख्या भन्दा दुई करोड बढी हो ।

गुजरातको अहमदाबादमा सोमबार एक अस्पतालको बाहिर एम्बुलेन्सको लाइन लागिरहेको देखिन्छ । यीमध्ये कोरोना संक्रमित बिरामी भर्ना हुन प्रतिक्षा गरिरहेका छन् । अस्पताल भित्रबाट खबर आएमा उनीहरुले बेड पाउँछन् । कयौं शहरमा अवस्था यस्तो छ कि बिरामीलाई उनका आफन्तहरुले एम्बुलेन्समा राखेर घुमिरहेका हुन्छन् तर अस्पताल खाली छैन ।