आज बैशाख १५ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

हाम्रो सन्देश संवाददाता

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– तपाइको आज कसैबाट आदर पाउने दिन छ । तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ । तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिला सुस्ती हुन सक्छ । खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :– परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :– शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :– आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै भौतिक सर सामानको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :– बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न भने हुँदैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।