काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने

हाम्रो सन्देश संवाददाता

वैशाख १४ , काठमाडौं ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने । अर्थात् काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।

निषेधाज्ञा एक साताबाट १५ दिन पुर्‍याउने मन्त्रिपरिषद्को निर्णय

सरकारले राजधानीका तीन जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख जिल्ला अधिकारीहरुको निर्णय सच्याउँदै निषेधाज्ञा १५ दिन गर्ने निर्णय गरेको हो ।

कोभिड संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको र त्यसको न्यूनिकरणका लागि कम्तिमा पनि १५ दिनको समय आवश्यक पर्ने भन्दै मन्त्रिपरिषदले १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।काठमाडौँ, भत्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता निषेधाज्ञाको निर्णय गरेका थिए ।

मन्त्रिपरिषदले भने १६ बैशाखदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सरकारले बैशाख मसान्तपछि आवश्यक पर्दा निषेधज्ञाको म्याद थप गर्दै जान सकिने निर्णय गरेको छ ।

निषेधाज्ञाको समयमा गर्न पाइने र नपाईने विषयहरुलाई भने यथावत राखेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]