निषेधाज्ञा एक साताबाट १५ दिन पुर्‍याउने मन्त्रिपरिषद्को निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ वैशाख ।

सरकारले राजधानीका तीन जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख जिल्ला अधिकारीहरुको निर्णय सच्याउँदै निषेधाज्ञा १५ दिन गर्ने निर्णय गरेको हो ।

कोभिड संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको र त्यसको न्यूनिकरणका लागि कम्तिमा पनि १५ दिनको समय आवश्यक पर्ने भन्दै मन्त्रिपरिषदले १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।काठमाडौँ, भत्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता निषेधाज्ञाको निर्णय गरेका थिए ।

मन्त्रिपरिषदले भने १६ बैशाखदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सरकारले बैशाख मसान्तपछि आवश्यक पर्दा निषेधज्ञाको म्याद थप गर्दै जान सकिने निर्णय गरेको छ ।

निषेधाज्ञाको समयमा गर्न पाइने र नपाईने विषयहरुलाई भने यथावत राखेको छ ।