४५ काटेपछि रहर पछ्याएका नारायण (भिडियोसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

रहरले मानिसलाई कहाँ-कहाँसम्म डोहोर्‍‌याउँदैन ? पहिलो पटक क्यामेरा तब किने, जब उनको उमेरले चार दशक काटिसकेको थियो । पेशा-व्यवसायबाट अवकाश लिएर आरामतर्फ मोडिने बेला उनी जीवनको अर्को रचनात्मक अध्यायमा जोडिए । बाल्यकालदेखिको रहरले अन्ततः ५० वसन्त कटेपछि मात्रै स्पष्ट आकार लियो ।

अचेल नारायण न्यौपाने (५६) त्यही रहर पछ्याउँदै कहिले कीर्तिपुरको डाँडा पुग्छन् त कहिले बोसनडाँडा । घन्टौंसम्म टौदहको किनारमा बसेर क्यामेराको ‘आँखा’ बाट चरालाई हेर्छन् ।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]