काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साता लकडाउन, के गर्न पाइन्छ ? के पाईंदैन ? [हेर्नुहोस् पूर्णपाठ]

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ वैशाख ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख १६ गतेदेखि एक साताका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ ।

बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि जिल्लाभर लकडाउन घोषणा भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ ।

यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ ।

यही निर्णय ललितपुर र भक्तपुर जिल्लामा पनि लागू भएको छ । सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकपछि लकडाउनसम्बन्धी आदेश जारी भएको हो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]