११ वटा विद्यालयका प्रधानाध्यापक पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ वैशाख ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले ११ वटा विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गरेको अवस्थामा उनीहलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन ।

सरकारले गरेको निर्णय कार्यन्वयन गराउने क्रममा उनीहरुले अटेर गरेर विद्यालय सञ्चालन गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताएका छन । सरकारले हिजोबाट लागुहुने गरि विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन नगर्न, परीक्षा सञ्चालन नगर्न र बैकल्पिक व्यवास्था गर्न निर्देशन दिएको थियो ।

राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलसहितको टोलीले नीजि विद्यालयको ११ जना प्रधानाध्यापकलाई पक्राउ गरी संक्रमक रोग ऐन (२०२०) अर्न्तगत कारबाही गर्ने तयारी गरेको पोखरेलले बताएका छन।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected]hoo.com मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]