होस्टेल मा बसेर SEE तयारी गरिरहेकी १५ वर्षिय प्रतिभा को कोरोना संक्रमण बाट मृ’त्यू !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँ मिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा कक्षा १० अध्ययनरत विद्यार्थी प्रतिभा सापकोटाको शनिबार मृ’त्यु भएको छ ।

विद्यालयको छात्राबासमा बसेर १० एसईई तयारी गर्दै गरेकी १५ वर्षीया छात्रा सापकोटालाई विगत २ दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । विद्यालयको छात्रावासमा करिब ५० जना विद्यार्थी छन् । विद्यालयका शिक्षकलाई पनि केही दिन अगाडि कोरोना देखिएको बताइएको छ ।

यो पनि पढ्नुहोस् काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि शनिबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन्।