हार्दिक बधाई : यि नै हुन् नयाँ धरहरा का डिजाईनर : जस्ले यसरी ठडाए भत्केको धरहरा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ वैशाख ।

अहिलेको नयॉ धरहराको डिजाईनर को हुन् थाहा छ? उनी यो प्रोजेक्टको कन्सल्यान्ट प्रिन्सिपल, टिम लिडर बरिष्ठ आर्किटेक्ट ईन्जिनियर विष्णु पन्थी हुन्।

बधाई छ ई पन्थी जी, तपाईको रचनाले मूर्तरूप पाएकोमा। हामी तपाईलाई अब आधुनिक धरहराको सर्जक भनेर सधैँ चिन्न पाएकोमा गर्व छ। ई पन्थीले रसियाबाट आर्किटेक्चरल ईन्जिनियरिंगमा मास्टर्स गरेका हुन्।

यो पनि नायिका गौरी मल्ले पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुशी व्यक्त गर्दै नेपालीहरुको जीवनस्तर भने कहिले उठ्छ भनेर प्रश्न गरेकी छिन् । वि.सं २०७२ सालमा गएको भूकम्पले ढलेको धरहरा पूननिर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै धरहराको उद्घाटन समेत गरेका छन् ।

गौरीले धरहरा उठेको प्रसंग कोट्याउँदै लेखेकी छिन्–‘लाग्छ यो पटक धरहराले बलियो बनोट पाएको छ । सानका साथ पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन समक्ष बन्यो । धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन ।

धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीले पनि धरहराको जस्तै बलियो जग भएको जीवनस्टर कहिले पाउने ? हरेक कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने । धरहराले जस्तै । हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ?