उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एकसाता बन्द

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ वैशाख ।

काठमाण्डाै उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाण्डाै, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा साेमवार (भोलि) देखि बन्द गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यस्तै मालपोत, यातायात लगायत भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर कम भिड हुने गरी सेवा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

धरहरा उद्घाटनमा देखिएन भौतिक दूरी, प्रधानमन्त्री नै भीडले घेरिए

श`निबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित ऐतिहा|सिक धरहराको उद्घाटन गर्नुभयो । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण ६ वर्षपछि प्रधानम`न्त्री ओलीले गर्नुभएको छ । तर साे क्रममा अत्यन्त सीमित मान्छे बाेलाउने भनिए पनि भीड नै देखियाे ।

उद्घाटनका क्रममा प्रधानमन्त्रीकै टाेली र मिडयाकर्मी तथा अन्य|हरूकाे भीड लाग्यो । पटक-पटक भौतिक दूरी कायम गर्न भनेर सरकारद्वारा नै भनिए पनि सरकारकै कार्यक्रम तथा समा`राेहमा भने दूरी कायम भएकाे देखिन्न । सरकार आफैँले २५ जनाभन्दा उपस्थित नहुनू, भीड नगर्नू, भौतिक दूरी का`यम गर्नू भनेर कोरोना संक्रमणबाट बच्न निर्देशन दिए पनि उद्घाटन समारोहमा भने सयाैँ मान्छेकाे भीड` देखियाे ।

उद्घाटन गर्दा हाेस् या लिफ्ट चढेर धरहराको २० औँ तल्लाको छत`बाट प्रधा`नमन्त्री ओलीले पुष्पवृष्टि गर्दा हाेस्, उहाँ नै भीडले घेरिएको देखिनुहुन्थ्यो ।दोस्रो चरणको कोरो`नाले भयावह अवस्था सिर्ज`ना गरिरहेको अवस्थामा यसरी सरकारबाटै हुने हेलचेक्य्राइँले कस्ताे सन्देश जाला ? कोरोना संक्र`मित मृत`कको संख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रा`लयको रिपोर्ट`अनुसार सबैभन्दा बढी संक्रमित फेला काठमाडौं उपत्यकामा परेका छन् ।

तर, यहीँ कहरका बीच प्रधान`मन्त्री ओलीले भीडभाडका साथ धरहरा समुद्घाटन गर्नुभ`एको छ । जबकि सर`कार आफैँ नागरिकलाई भीड नगर्न, भौतिक दूरी कायम गर्न निर्देशन दिए पनि नियम आफैँ लत्याएर उद्घाटनमा रम्नु त सानालाई ऐन, ठूला`लाई चैन भनेजस्तै भयो ।