घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ वैशाख ।

साताको शुरुको दिन आइतवार नेपाली बजारमा सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रवार प्रतितोला छापावााला सुनको मूल्य ९१ हजार ७ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ४ सयले गिरावट आइ प्रतितोला छापावाला सुन ९१ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।

यसैगरी नेपाली बजारमा आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले गिरावट आएको छ । शुक्रवार चाँदीको मूल्य १३ सय २० रहेको थियो भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी एक यूरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७ पैसा रहेको छ ।
पाउन्डस्टर्लिङको खरिददर १६६ रुपैयाँ २१ पैसा र बिक्रिदर १६७ रुपैयाँ ४ पैसा रहेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]