धरहरा चढ्दा आइफेल टावर उक्लेको अनुभूति भयो: प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ वैशाख ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटनसहित २०७२ बैशाख १२ गतेको भूकम्पबाट उम्किएकी रमिला श्रेष्ठलाई सम्मान गर्नुभएको छ ।

समारोहमा बोल्दै ओलीले धरहरामा ज्यान गुमाउनेको परिवारका एक जनालाई धरहरामै रोजगारी दिने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो । वि.स.२०७२ फाल्गुन ४ गते मै बनाउँछु मेरो धरहरा अभियान अगाडि बढ्न नसके पनि पछिल्लो योजनामा दाताहरुबाट उठेको २४ करोड रुपैयाँ पनि लगाइएको बताउनुभयो ।

जनताको सहभागिता र भावनाको आयाम धरहरा रहेको बताउँदै धरहरा ढल्दा नेपालीको मन भाँचिएको पनि बताउनुभयो । अहिले बनेको धरहराले हाम्रो इतिहास झल्काएको र आधुनिकता टल्काएको प्रधानमन्त्रीको भनाई थियो ।

शुरुमा भीमसेन थापाले बनाएको ११ तल्ले धरहराभन्दा पुनर्निर्मित धरहरा २५ मीटर अग्लो छ । पहिले ६१ दशमलव ८८ मिटर रहेको धरहरा अहिले बाहिरबाट ११ तथा भित्रबाट २२ तल्ले रहेको छ भने नयाँ उचाई ८६ दशमलव ८५ मिटर रहेको छ ।

प्रधानमन्त्रीले धरहरासँगै रानीपोखरी,दरबार हाई स्कुल,दशरथ रंगशालालगायतको पुननिर्माणको काम सकिदा केही अराजक तत्वले मेलम्चीको पानीको बिषयलाई लिएर जनतामा भ्रम फैलाएको दावी गर्नुभयो । धरहरामा चढ्दा आफूलाई आइफिल टावरमा चढेको अनुभूति भएको बताउनुभएका उहाँले समृद्ध नेपालमा वि.सँ.२०७८ लाई भिखारी,सडक बालबालिका तथा सहयोगापेक्षी मुक्तराष्ट्र बनाउने लक्ष्य रहेको बताउँदै नेपाल दाताहरु देश भएको बताउनुभयो । उहाँले जसको कोही छैन त्यसको सरकार छ भन्नुभयो ।

प्रधानमन्त्रीले आज उपत्यकावासीले दिप प्रज्वलन गर्नुपर्ने बताउँदै सम्पूर्ण देशवासीलाई लोकतन्त्र दिवसको शुभकामना दिनुभयो । उहाँले पछिल्लो समय लोकतन्त्रलाई कमजोर बनाउन खोज्ने दक्षिणपन्थीहरु आफै कमजोर हुँदै गएको ठोकुवासमेत गर्नुभयो । जन आस्था

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]