त्रिदेशीय क्रिकेट सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्डस् १४२ रनले पराजित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ बैशाख ।

नेपालले त्रिविस्थित मैदानमा आज भएको फाइनल खेलमा नेदरल्याण्डलाई हराउँदै त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको उपाधि जित्न सफल भएको छ ।

शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो । फाइनलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेदरल्याण्डले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सकेको थियो ।

नेपालको जीतका लागि कुशल भुर्तेलले कीर्तिमानी अर्धशतकसहित सर्वाधिक रन बनाए । उनले ५३ बलमा ३ छक्का र ८ चौकासहित ७७ रनको योगदान गर्दै आउट भए ।

यता कुशल मल्लले पनि नेपालका लागि अर्धशतक बनाए । उनले २४ बलमा नटआउट ५ छक्का र २ चौकासहित ५० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले पनि १८ बलमा नटआउट ३ छक्का र ५ चौकासहित ४८ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए ।

त्यस्तै जीतका लागि करण केसीले सर्वाधिक ३ रन लिए भने सन्दिप लामिछाने र कमल सिंह ऐरीले समान २-२ विकेट लिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]