काठमाडौंमा लकडाउन गर्न सिफारिस

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ बैसाख ।

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा कम्तिमा चार साता लकडाउन गर्न सिफारिस गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।

यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भने भइसकेको छैन । शनिवार दिउँसो ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

एयरपोर्टबाट माधव नेपाल वामदेवलाई भेट्न सिधै नागपोखरी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं फर्कनासाथ पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गएका छन् । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए ।

विहीबार साँझ पार्टी अध्यक्ष केपी ओलीको डिनर मिटिङ बीचैमा छाडेर हिंडेपछि गौतमले नेपाललाई फोन गरेका थिए । उनले ओलीले एमाले ध्वस्त बनाउन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा दुई नेताबीच कुराकानी भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार नै बालुवाटार राखेको बैठकबाट नेता गौतमलाई पनि स्थायी कमिटी सदस्य बनाए पनि कुनै जिम्मेवारी दिएका छैनन् । ‘मेरो व्यक्तिगत रूपमा केपी ओलीसँग विशेष सम्बन्ध छ। तर उहाँले गरेको सांगठनिक निर्णयमा मेरो असहमति छ,’ गौतमको भनाइ उद्धृत गर्दै उनका प्रेस सहयोगी सुवेदीले भने, ‘म महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हो। मेरो उपाध्यक्ष पद खोस्ने अधिकार कसैसँग छैन ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]