मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित तीन जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ बैसाख ।

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उनका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर गएको बताइएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको थियो।

आज धरहरा उदघाटन गरिँदै

पुनर्निमित धरहरा शनिबार उदघाटन गरिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उदघाटन गर्न लागेका हुन्।

कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
धरहरा पूर्णरुपमा तयार नभएकाले धरहरा तत्कालै अवलोकन गर्न नपाइने बताइएको छ।

२०७२ सालको भूकम्पले ९ तले धराहरा भत्किएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ। बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ।

सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा धरहरा निर्माणको ठेक्का रमण कन्स्ट्रक्सनले पाएको छ।