सिन्धुलीमा मोटर साइकल दुर्घटनामा परि ३ को मृत्यु

हाम्रो सन्देश संवाददाता

सिन्धुली, १० बैसाख ।

यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयकाप्रबक्ता प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिनुभएको जानकारीअनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उहाँका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटना स्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पु र्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो । मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर आएका थिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]