नेपालमा काेराेना : ‘पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ मा संक्रमण पुष्टि’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० बैसाख ।

पछिल्लो २४ घण्टामा थप २५५९ मा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८ हजार ७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० गरी जम्‍मा २५५९ मा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचको मृत्‍यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४१० संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका १४ हजार ७२४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ ।

काठमाडौं उपत्यकामा ९४०

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० मा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० , भक्तपुरमा ७४ र ललितपुरमा १०६ कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० संक्रमित भेटिएका छन् ।

चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२/२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४/१४, रौतहट र अर्घाखाँचीमा १३/१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११/११ मा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९ जना रहेका छन् ।