टिप्परले स्कुटरलाई ठक्कर दिंदा दुई जना युवती गम्भीर घाइते

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ बैसाख ।

बा ०१ ००३क ५३५२ नम्बरको टिप्परले बा ६५ प ३७१६ नम्बरको स्कुटर लाई गोङ्गबु चोकमा ठक्कर दिंदा दुई जना गम्भीर घाइते भएका छन्। सामाखुसी बाट फोहोर लिई बसपार्क जाँदै गरेको टिप्पर र सोहि दिशाबाट गइरहेको स्कुटर लाई ठक्कर दिंदा करिब २०/२१ बर्षकी दुई युवती गम्भीर घाइते भएका हुन्।

टिप्पर र स्कुटर अहिले ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको एक ट्राफिक प्रहरीले थाहा अनलाईन लाई बताएका। घाइते दुबैको उपाचारक लागि ग्रांडी हस्पिटल लगिएको छ। टिप्पर चालक भने तत्काल फरार भएका छन्।

नेपाल समुहले भोली विहीबार पार्टी अध्यक्ष ओलीसमक्ष स्पष्टीकरण बुझाउने

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल कुमार पक्षले विहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् ।आज बानेश्वरको बुद्धनगरमा बसेको नेपाल समुहको स्थायी कमिटिको बैठकले यस्तो निणयए गरेको हो । हिजो मैगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग गर्नुभएको थियो ।

बुधबार बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले विहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । बैठकले पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्दै थप रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको बताउनुभयो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]