इतिहासमा पहिलो पटक यति धेरैले बढ्यो सुनको भाउ, तोलाको कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ बैसाख ।

सोमबारको तुलनामा मंगलबार प्रति तोला ३०० रुपैयाँ घटेको सुनको मूल्य बुधबार एकै दिन पुनः एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला ९२,००० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१,५०० रुपैयाँ तोएिको छ । त्यस्तै मंगलबारको तुलनामा चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १,३१० रुपैयाँ पुगेको छ ।

अमेरिकी डलर कमजोर हुँदा त्यसको असर सुनको मूल्यमा देखिएको हो । डलर कमजोर भएपछि लगानीकर्ताहरुका लागि सुन सुरक्षित लगानी बनेको छ ।

मेगा बैंकले माग्यो ५६ जना कर्मचारी (सुचना सहित)

मेगा बैंक लिमिटेडले भारी संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदका लागी ५६ जना कर्मचारीको माग गरेको हो ।

एक सुचना जारी गर्दै बैकले बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना एसीटेन्ट माग गरेको हो ।

बैंकले इच्छुक तथा योग्य नेपाली नागरिकलाई बैशाख २२ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ ।