नेपालमा पनि सुरु भयो लकडाउन, बैसाख ९ गतेबाट लकडाउन गर्ने निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ बैसाख ।

भारतीय सिमानामा रहको बाँकेको नेपालगन्जमा कोरोना सं’क्रमितको संख्या डरलाग्दो गरी बढ्दै गएपछि जिल्लामा लकडाउन गर्न सिफारिस गरेको छ । जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोना सं’क्रमितको चेन रोक्नको लागि लकडाउन गर्न सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । बाँकेमा दिनहुँ सयौंको संख्यामा कोरोना सं’क्रमित बढ्न थालेका छन् । मंगलवार दिउसो सम्ममा कोरोनाका कारण एकै दिन ३ जनाको निधन भइसकेको छ ।

परिक्षण गरिएका मध्य झण्डै ६० प्रतिशतमा कोरोना पुष्टि भएपछि लकडाउनको सिफारिस गरिएको हो । सीमा नाका भारतबाट आउने व्यक्तिहरु बढी मात्रामा सं’क्रमित छन् । स्थानिय बासीन्दाले पनि बाँकेमा कोरोना सं’क्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन माग गरेका थिए । सामाजिक सञ्जाल मार्फत सामाजिक अगुवाहरुले लकडाउन गर्न प्रशासनलाई मेन्सन गर्दै स्टाटस लेखेका थिए ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको हो । लकडाउन गर्ने अन्तिम अधिकार प्रमुख जिल्ला अधिकारीसँग रहेको हुनाले आज वा भोली भित्रमा मानिसहरुको मुभमेन्ट रोक्नको लागि लकडाउन गरिने उपाध्यायले बताए । वैशाख ९ गतेवाट लकडाउन गर्ने निर्णय गरिएको हो ।