नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ बैसाख ।

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ। नायिका अधिकारीले आफूलाई कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको जानकारी दिएकी छिन्।

उनले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन्।

संक्रमण देखिएपछि उनी घरमै आइसोलेसनमा बसेकी छिन्।

केकीमा कोरोना पुष्टि भएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को छायांकन केहि पर धकेलिएको छ।

आज एक सय ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसको दोस्रो लहरबाट बालबालिकामा संक्रमण बढी हुन थालेको छ। आज एक सय ९३ बालबालिकामा संक्रमण पुष्टि भएको छ।

केही दिनयता बालबालिका संक्रमित हुने क्रम बढेको छ। आज १९ वर्षसम्मका एक सय ९३ बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमा ९ वर्षमुनिका ४३ बालबालिका छन्। त्यस्तै, १० देखि १९ वर्षसम्मका एक सय ५० जना छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार सात सय ३६ जनामा संक्रमण देखिएको छ। पीसीआर परीक्षणबाट एक हजार ६ सय ६७ र एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको हो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]