इन्डोनेसियामा ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ बैसाख ।

इन्डोनेसियाको नियासमा ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । आज मंगलवार गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको यूरोपीयन(भूमध्य भूकम्पीय केन्द्र (ईएमएससी) ले जनाएको छ ।

उत्तरी सूमात्रामा ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको केही बेरमै पछिल्लो भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पले भएको क्षतिको विवरण आइनसकेको समाचारमा जनाइएको छ ।

इन्डोनेसियामा पछिल्लो ३० दिनमा ६ म्याग्निच्यूड र त्यो भन्दा माथिका ४ वटा भूकम्प गए भने ५ देखि ६ म्याग्निच्यूडका भूकम्प १८ वटा गएका थिए ।

एजेन्सी

लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मङ्गलबार बुटवल उपमहानगर १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर ८ कि ६५ वर्षीय महिलाको सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा पछिल्लो एक हप्तामा ६ जना संक्रमितको ज्यान गैसकेको अस्पतालले जनाएको छ ।

माओवादी सहितका १५ जना सांसद पदबाट बर्खास्त, हेर्नुस् काे काे परे ?

संसद विघटन गरेर मध्यावधि चुनावमा जाने योजनामा धक्का लागे पनि सरकारले अब प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त स्थानहरुमा उपनिर्वाचन गर्ने भएको छ । अब हुने उपनिर्वाचनले सत्तापक्ष र विपक्षी दलहरु जनतामा कति लोकप्रिय÷अलोकप्रिय छन् भन्ने परीक्षा गर्नेछ । यसअघि माओवादीले जितेका १२ स्थानमा हुने उपचुनावले खासगरी माओवादीको परीक्षा गर्नेछ ।

हालसम्म संघ र प्रदेशसभाका १२ स्थान रिक्त भइसकेका छन् । अझ अरु पनि सांसदका पद खोसिने क्रम जारी रहेकाले कति स्थानमा उपचुनाव हुन्छ भन्ने यकिन छैन ।

कति स्थानमा उपनिर्वाचन गर्ने भन्ने आधिकारिक विवरण तयार भइसकेको छैन । संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार निर्वाचन आयोगले रिक्त स्थानहरुको विवरण प्राप्त गरिसकेपछि सरकारसँगको सहमतिमा उपचुनावको मिति तोकिन्छ ।