यसरी गरिन्छ ‘कुमारी त्व परीक्षण’

हाम्रो सन्देश संवाददाता

बीबीसी।

ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद ‘कुमारी त्व परीक्षण’ सेवा उपलब्ध गराइने बीबीसी न्यूजबीट तथा १०० विमिन ले पत्ता लगाएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ तथा संयुक्त राष्ट्रसंघले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लंघन भन्दै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

आलोचकहरूले यस्ता परीक्षण अवैज्ञानिक भएको र यसबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बताएका छन्। उनीहरूका अनुसार यो परीक्षण शोषणको हतियार समेत बन्न सक्छ। यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेरिन्छ।

बीबीसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले ‘कुमारी त्व मर्मत’ गर्ने विज्ञापन समेत गरेका छन्। तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता ‘सेवा’ उपलब्ध हुने बताए। बीबीसीले २१ वटा क्लिनिकहरूको पहिचान गरेर १६ वटासँग सम्पर्क गरेको थियो। तीमध्ये सात वटाले उनीहरूले ‘कुमारी त्व परीक्षण’ गर्ने गरेको पुष्टि गरे भने कैयन् अरूले प्रस्ट कुरा गरेनन्।

सबैले झिल्ली मर्मत गर्न शल्यक्रिया गर्ने बताए। जसको शुल्क १,५०० देखि ३,००० पाउण्डसम्म पर्ने बताइयो। राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस इंग्ल्याण्डको आँकडाअनुसार गत पाँच वर्षमा झि्ली मर्मत गर्ने त्यस्ता ६९ शल्यक्रिया भएका छन्। बाध्यतापूर्वक गरिने विवाहका पीडितहरूको सहयोगमा संलग्न परोपकारी संस्था कर्मा निर्भानाले सहयोग गरेको एकजना महिलाको कहानी न्यूजबीटले सुनेको छ।

‘मागी विवाह गर्न चाहने मेरा आमाबुवासँग मेरो निकै भावनात्मक शोषणपूर्ण सम्बन्ध थियो,’ उनले भनिन्। ‘एकदिन हाम्रो परिवारका एकजना अग्रजले मलाई मेरा साथीहरूसँग रहेको देखे अनि मेरी आमालाई गएर तीमध्ये एकजना केटा मेरो प्रेमी भएको बताइदिए। अनि समुदायमा थुप्रै हल्ला फिँजियो।’ त्यसपछि उनका आमाबुबाले उनलाई ‘कुमारी त्व परीक्षण’ गर्नुपर्ने भनेर धम्क्याउन थाले।

‘मेरा आमाबुबा तथा वहाँहरूले मेरो विवाह गराइदिन खोजेको केटाको परिवारले मलाई कुमारी त्व परीक्षण गरेर म अझै कुमारी रहेको प्रमाणित गर्न भने,’ उनले बताइन्। ‘म निकै डराएको थिएँ। मैले के भइरहेको छ भनेर बुझ्न सकिनँ। मलाई लाग्यो मेरो निम्ति भाग्नु एकमात्र विकल्प हो र मैले त्यसै गरेँ।’

प्रिया मनोटाले कर्मा निर्भानाको हेल्पलाइन व्यवस्थापन गर्छिन्। ‘हामीकहाँ यस्ता समस्याबाट चिन्तित महिलाहरूको फोन आउँछ। कतिपय महिला आफ्नो सम्बन्ध रहेको र आफू कुमारी नरहेकोबारे आफ्ना परिवारले थाहा पाएको र त्यसबाट चिन्तित भएको पाइन्छ। कतिपय चाहिँ परिवारले कुमारीत्व परीक्षण गराउन खोजेको र त्यसको परिणामबाट चिन्तित भएको पाइन्छ।’

‘मानका खातिर गरिने शोषण वा बाध्यकारी विवाहका कारक तत्वमा आफ्नो साथी आफैँ चुन्ने वा अन्तरङ्ग वा यौन सम्बन्ध कायम गर्ने विषय पर्छन्। हामीले यो संस्थामा रहँदा के थाहा पाएका छौँ भने केही मामिलामा पीडितको ज्यान नै गएको छ। अन्य पीडितको हकमा परिवारले तिनलाई अस्वीकार गर्ने परिस्थिति देखिन्छन्।’

कुमारीत्वको परीक्षण कम्तीमा २० वटा देशहरूमा गर्ने गरिएको डब्लुएचओले जनाएको छ। उसका अनुसार यस्ता परीक्षणले कुनै किशोरी वा महिलाले यौ नसम्बन्ध राखिसकेको हो वा होइन भन्ने कुनै पुष्टि हुने प्रमाण दिँदैन। किनभने यो नीको झिल्ली ट्या म्पनको प्रयोग वा कसरतजस्ता अन्य विभिन्न कारणले पनि च्यातिन्छ।

गत वर्ष अमेरिकी र्‍याप गायक टीआईले आफ्नी छोरीलाई हरेक वर्ष कुमारी भएनभएको परीक्षण गराउने गरेको एउटा पडकास्टमा बताएपछि तीव्र आक्रोश उत्पन्न भएको थियो। यसबीच बीबीसीले अनलाइनमा झिल्ली मर्मत गर्ने सामग्री विक्री हुने गरेको फेला पारेको छ। कुमारी त्व पुनर्स्थापित गर्ने दाबीका साथ ती सामग्री ५० पाउण्डमा विक्रीमा राखिएको पाइएको छ।

करिब १०४ पाउण्डमा किनिएको एउटा त्यस्तो सामग्री जर्मनीबाट आइपुग्यो। त्यो किटमा जेल, प्लास्टिकका ट्वीजर अनि नक्कली रगतजस्तो लाग्ने तीन पोका थिए। तर कसरी प्रयोग गर्ने भन्ने विवरण थिएन। डा. अस्फाक खान एक स्त्रीरोग विशेषज्ञ हुन्। उनीकहाँ कुमारी त्व परीक्षण गराइदिने तथा झिल्ली मर्मत गराइदिने अनुरोध नियमित आउने गरेको उनी बताउँछन्।

‘मलाई थाहा छैन यो किन यूकेमा प्रतिबन्धित छैन। यसलाई गैरकानुनी बनाउनुपर्छ,’ उनले भने, ‘सबभन्दा पहिलो कुरा त झिल्लीमा खराबी हुने बित्तिकै कोही कुमारी होइन भनेर भन्नै सकिँदैन। यो त विभिन्न कारणले च्यातिन सक्छ। यदि कसैले तपाइँको झिल्ली च्यातिएकव छ म बनाइदिन्छु भन्छ भने उसले नक्कली सर्टिफिकेट दिने हो।’

समुदायलाई शिक्षा

उनी भन्छन् यस्ता काम रोक्न थप कारबाही आवश्यक छ। ‘मेरो विचारमा यो अर्को अपराध हो। नैतिकरूपमा गलत कार्यसँग यो जोडिएको छ।’ यो वर्षको सुरुमा मिडल इस्टर्स विमिन एन्ड सोसाइटी अर्गनाइजेसनले कुमारीत्व परीक्षणमाथि प्रतिबन्ध लगाउन माग गर्दै अभियान थालेको छ। उसले यस विषयमा थप शिक्षाको आवश्यकता रहेको बताएको छ।

अभियानका संस्थापक हालालेह ताहेरीको भनाइ छ: ‘हामी अन्तत: झिल्ली मर्मतलाई प्रतिबन्ध लागोस् भन्ने चाहन्छौँ तर यसबारे सुमदायलाई पहिला शिक्षित गरेर मात्र त्यसो गर्नु उपयुक्त हुन्छ। कुमारीत्वबारे मानिसहरूमा रहेको पुरातन मानसिकताका कारण नै यस्ता व्यवसाय चलेका हुन्।’

‘यदि हामीले हाम्रा समुदयलाई मद्दत ग र्‍यौँ र यसबारे बुझाउन सक्यौँ भने झिल्ली पुनर्स्थापित वा मर्मत गर्न आवश्यकता नै पर्दैन। विस्तारै त्यस्ता व्यवसाय आफैँ हराएर जानेछन्।’ -बीबीसी

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]