तपाइसँग कतारी रियाल छ,यदि छ भने वैशाख २७ अघि नै साट्नु होस्, नभए चल्दैन ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ बैसाख ।

नेपाल राष्ट्र बैंकले वैशाख २७ गतेबाट कतारी रियालको कारोबार बन्द गर्ने भएको छ । बैंकले सुचना प्रकाशित गदै वैशाख २७ गतेअघि नै कतारी रियाल सटही गर्नुपर्ने छ, त्यसपछि कारोबार बन्द हुने जनाएको छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोटहरु १ जुलाई अर्थात आगामी असार १७ बाट नयाँ नोट निकाल्ने भएकाले पूराना नोट नचल्ने निणर्य गरेकाले सटहीका लागि समयसिमा तोकिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना जारी गरेको राष्ट्र बैंकले जनाएको छ । २०७३ चैत्र देखि भारतीय बैंकले १ हजार र ५ सयका भारतीय नोट सटहीमा बन्देज लगाउँदा नेपालीलाई सटहीमा गाहे भएको छ ।